साधरण सदस्य नरहने गरी नेकपा माओवादी केन्द्रले गर्यो आङ्बुहाङलाइ सांसदबाट पदमुक्त

[sharethis-inline-buttons]

 

काठमाडौं, चैत २३
नेकपा माओवादी केन्द्रले सांसद टंक आङ्बुहाङलाई पदमुक्त गरेको छ। आङ्बुहाङ माओवादी केन्द्र त्यागेर प्रदेश १ को सरकारको मन्त्री बनेका थिए । पार्टीले उनलाए हिजो स्पष्टीकरण मागेको थियो । तर, आङ्बुहाङले निर्धारित समयभित्र स्पष्टीकरण नदिएकाले उनमाथि पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको हो ।
गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका। सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका अन्य प्रदेशका माओवादी सांसदहरुलाई पनि कारबाही गरेको छ। आइतबार सो पार्टीले आफ्नो पार्टी छाडेर एमाले प्रवेश गरेका लुम्बिनी प्रदेश सभाका सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टी सदस्य नरहने गरी कारबाही गर्नुका साथै प्रदेश सभामा पनि जानकारी गराएको छ।उनीहरुको पनि प्रदेश सभा सदस्य पद नरहने सभा सचिवालयले जनाएको छ।


प्रकाशित : २०७७ चैत्र २३, सोमबार ०८:४८