कोरोना संक्रमित संख्यामा वृद्धि आज थपिए २६६ संक्रमित , ४ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

 

काठमाडौं, चैत २३
नेपालमा दिनहु कोरोना संक्रतिको संख्या बढिरहेको छ । केही हप्तादेखि दैनिक १०० बढीमा कोरोना संक्रमण पुष्टि हुन थालेकोमा आज २६६ जनामा संक्रति थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकै दिन २०० बढीमा संक्रपमण पुष्टि भएको यो करिब २ महिनापछि मात्र हो । यसभन्दा अघि माघ १३ गते ३०३ जनामा संक्रमण पुष्टि भएपछि त्यसयता दैनिक २०० बढीमा संक्रमण पुष्टि भएको थिएन ।

आज ४ हजार ५३६ जनामा परिक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यससगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।
यस्तै आज १०२ जना निको भएका छन् ।यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि २ लाख ७३ हजार ३४२ पुगेको छ । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार ८३२ रहेको छ । पछिल्लो समय नेपालमा संक्रिय कोरोना संक्रमितको संख्यामा पनि बृद्धि भएको छ । हिजो नेपालमा संक्रिय संक्रमितको संख्या १ हजार ६७२ थियो । यो संख्या अस्ति शनिबार १ हजार ६ सय १३ रहेको थियो । तर आज बढेर १ हजार ८३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाटज्यान जानेको संख्या ४ जना थपिएका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ । कोरोना खोप आएपछि छिमेकी देश भारतमा दैनिक १ लाखसम्म कोरोना संक्रमित फेला पर्न थालेका छन् । त्यसको असर नेपालमा पनि देखिएको छ। भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा पनि बृद्धि हुन थालेको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना विरुद्धको खोप लागएपछि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरिरहेको छ । साथै भिडभाड गर्न प्रतिवन्ध समेत लगाएको छ ।

तर स्वास्थ्य मन्त्रालयले भने अनुसार कोरोना संक्रमणबाट बच्च अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड अपनाएको पाइएको छैन । सभासम्मेलन गरेर कार्यक्रम भइरहेको पाइएको छ । जसले नियन्त्रण उन्मुख भएको कोरोना भाइरस फेरि बढ्ने जोखिम समेत बढको मन्त्रालयले जनाएको छ


प्रकाशित : २०७७ चैत्र २३, सोमबार १२:२०