पाल्पामा जीप दुर्घटना : २ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

लुदअ चैत २४, पाल्पा
पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

तानसेन नगरपालिका काजिपौवामा भएको जीप दुर्घटनामा चालक बगनाँसकाली गाउँपालिका(४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट( ४ का २७ वर्षका राज थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ चैत्र २४, मंगलवार ०३:२७