जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

[sharethis-inline-buttons]

 

पाल्पा चैत्र २४
पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवामा जीप दुर्घटना भएको छ । काजीपौवाको भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएको राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए


प्रकाशित : २०७७ चैत्र २४, मंगलवार ०८:२७