एसियाकै उत्कृष्ट बने चेम्जोङ

ByLumbini Darpan Online

२४ चैत्र २०७७, मंगलवार ०९:३७ २४ चैत्र २०७७, मंगलवार ०९:३७ २४ चैत्र २०७७, मंगलवार ०९:३७

काठमाडौँ, चैत २४
गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताएका छन । उनले जिताएको उपाधि घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो ।

त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई लिगमा उत्कृष्ट गोलकिपरको ‘गोल्डेन ग्लोभ्स जितेका थिए। त्यसको एक सातामै अर्को सफलताका रूपमा उहाँ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ भएका छन । यो स्तरको सफलता हात पार्ने उहाँ पहिलो नेपाली खेलाडी हुन।

एसियाली फुटबल महासंघ एएफसीले महादेशकै साताका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको थियो । एएफसीको वेबसाइटमा गरिएको भोटिङमा ५५।६९ प्रतिशत मत प्राप्त गर्दै किरण एसियाकै उत्कृष्ट खेलाडी भएको एएफसीले सोमबार जनाएको छ ।

भियतनामको न्होम्पेनमा सन् २००८ मे २४ मा मकाउविरुद्ध भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता उहाँले राष्ट्रिय ६९ खेल खेलेका छन । ‘यो सफलता मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो । मैले करिअरलाई बलियो बनाउँदै लगेको छु भन्ने महसुस भएको छ । अझै केही गर्छु भन्ने ऊर्जा थपिएको छ ।
यसले नयाँ पुस्ताका लागि पनि राम्रो अवसर खोल्छ जस्तो लागेको छ,’उनले भन्नुभयो । क्लब फुटबलमा पाँच वर्षयता माल्दिभ्स र भारतका लिग निरन्तर खेलिरहेका चेम्जोङले एसियाकै राम्रो लिग खेल्ने इच्छा रहेको बताए ।

काठमाडौँ, चैत २४
गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताए, जुन घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो ।

त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई लिगमा उत्कृष्ट गोलकिपरको ‘गोल्डेन ग्लोभ्स अवार्ड’ हात पारेका थिए। त्यसको एक सातामै अर्को सफलताका रूपमा उहाँ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’भएका छन । यो स्तरको सफलता हात पार्ने उहाँ पहिलो नेपाली खेलाडी हुन।

एसियाली फुटबल महासंघ ९एएफसी० ले महादेशकै साताका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको थियो । एएफसीको वेबसाइटमा गरिएको भोटिङमा ५५।६९ प्रतिशत मत प्राप्त गर्दै किरण एसियाकै उत्कृष्ट खेलाडी भएको एएफसीले सोमबार जनाएको छ ।

भियतनामको न्होम्पेनमा सन् २००८ मे २४ मा मकाउविरुद्ध भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता उहाँले राष्ट्रिय ६९ खेल खेलेका छन । ‘यो सफलता मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो । मैले करिअरलाई बलियो बनाउँदै लगेको छु भन्ने महसुस भएको छ । अझै केही गर्छु भन्ने ऊर्जा थपिएको छ ।
यसले नयाँ पुस्ताका लागि पनि राम्रो अवसर खोल्छ जस्तो लागेको छ,’ उनले भने । क्लब फुटबलमा पाँच वर्षयता माल्दिभ्स र भारतका लिग निरन्तर खेलिरहेका चेम्जोङले एसियाकै राम्रो लिग खेल्ने इच्छा रहेको बनाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *