कर्णाली प्रदेश सरकार एमालेका ३ मन्त्रीद्धारा राजीनामा

ByLumbini Darpan Online

२४ चैत्र २०७७, मंगलवार १०:३१ २४ चैत्र २०७७, मंगलवार १०:३१ २४ चैत्र २०७७, मंगलवार १०:३१

 

सुर्खेत, चैत २४
कर्णाली प्रदेशको सरकारका सहभागी एमालेका तीन जना मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् । एमालेले गएको चार गते नै कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने आइतवार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *