
काठमाडौं, चैत २४
नेकपा माओवादी केन्द्रले पार्टीका चार सांसदलाई कारवाही गरेको छ । केपी शर्मा ओली सरकारमा गएका चार सांसदलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको हो । मंगलबार माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि सभामा विजय भएका टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसदबाट निलम्बन गरेको हो।
माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार सांसदहरुलाई कारबाही गरिएको पत्र संसद सचिवालयमा बुझाइसकेको बताए।
ओली सरकारमा ऊर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, शहरी विकासमन्त्री साह रौतहट–३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली–३ बाट तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए।

