२०७७ चैत्र २४
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले पुनस्थापित संसद फेरी विघटनको खेल सुरु भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले संसदलाई विजनेश नदिएर कामविहिन बनाउन खोजेको बताए । केसीले आफैले विघटन गरेको संसदलाई विजनेश दिन अप्ठयारो भएमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिए । अदालतको फैसला आउँदा साथ राजिनामा दिनुपर्नेमा प्रधानमन्त्रीले उल्टै मुद्दा जिते जस्तो गरी हिड्नु लज्जास्पद भएको टिप्पणी गरे । मुलुकमा प्राप्त उपलब्धि अझै पनि गुम्न सक्ने खतरा भएको दाबी गर्दै उनले अब बन्ने सरकारको नेतृत्व पनि विदेशी शक्ति केन्द्रहरुको चाहनामा बन्ने संकेत गरे आफूलाई राष्ट्रवादी भन्नेहरुले समेत कम्फर्ट सरकारको नाममा विदेशी दलालहरुलाई भन्दै विदेशी दलालहरुको पक्षमा वकालत भइरहेको उनको आरोप छ । असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्ने ओलीले राजिनामा दिएर बामपन्थीहरुको संयुक्त सरकार बनाउनुको विकल्प नरहेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले संघीयता देशको भौगोलिक, राजनीतिक तथा आािर्थक हिसावले पनि असफल भइसकेको बताए ।




















