आहा रारा गोल्डकप : सेमिफाइनलका खेल आजदेखि सुरु,फाइनल खेल आउदो शनिवार

ByLumbini Darpan Online

२५ चैत्र २०७७, बुधबार ०८:०९ २५ चैत्र २०७७, बुधबार ०८:०९ २५ चैत्र २०७७, बुधबार ०८:०९

काठमाण्डौ चैत्र २५
पोखरामा जारी १९ औँ आहा रारा गोल्डकप फुटबलअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुने भएका छन ।
पहिलो सेमिफाइनल खेलमा आज एपीएफ क्लब र संकटा क्लबबीचको खेल हुँदैछ । खेल दिउँसो ३ बजेपछि पोखरा रङ्गशालामा सुरु हुनेछ । एपीएफले आयोजक सहारा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने संकटाले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगितामा आयोजक सहारा र विदेशी अफ्रिकन रुट एसोसियसनको टोलीसहित ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल चैत्र २८ गते हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *