
काठमाडौं चैत्र २५
नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च फैसला विचित्रको भएको पुनः दोहोर्याएका छन्। सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले निवदेकले दाबी नै नगरेको विषयमा फैसला सुनाएको बताए।
‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो। दुई दल बनाउने दाबी निवेदकको थिएन,’ उनले भने।
सर्वोच्चले फैसला जस्तो गरेपनि त्यसलाई मान्दिन भन्न नपाउने उनले बताए। वाम एकता आफ्नो प्रस्ताव अनुसार भएको उल्लेख गर्दै एमाले र माओवादीको एकताले देशभर उत्साह छाएको तत्कालीन समयको स्मरण गरे।
‘वाम एकताको लागि मैले गरेको प्रस्तावलाई देशभरबाट समर्थन थियो। मेरो सपना तीन वर्ष पनि जिवित हुन सकेन,’ उनले भने।
एकताका सबै सहमति ओलीले तोड्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आरोपसमेत उनले लगाए। जनता फेरि जागरुक हुनुपरेको समय आएको उनले बताए। जिल्लाका कार्यक्रममा सहभागी हुँदा ‘अघि बढ, हामी छौं’भन्ने आशा जनताले जगाइदिएको उनले बताए।