निर्मला हत्या प्रकरण : प्रहरीले अझै फेला पार्न सकेन अपराधी

ByLumbini Darpan Online

२६ चैत्र २०७७, बिहीबार ११:०४ २६ चैत्र २०७७, बिहीबार ११:०४ २६ चैत्र २०७७, बिहीबार ११:०४

कञ्चनपुर चैत्र २६
बलात्कारपछि हत्या भएकाी निर्मला पन्तको मुुत्यु भएको ३ वर्ष पुग्न लागिसक्दा पनि प्रहरीले अपराधि प्रमााणित गर्न सकेको छैन । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्तको ०७५ साउन १० गते साथीको घर गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन ।। ‘क्लु’ फेला नपर्दा प्रहरी अभियुक्तसम्म पुग्न नसकेको हो । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प्रहरीले ०७५ भदौ ४ मा भीमदत्तनगर १९ बाँगफाँटाका ३९ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर उनको डीएनए म्याच नभएपछि छुटेका थिए । त्यसबाहेक प्रहरीले अन्य केहीलाई समेत पक्राउ गरेको थियो ।

घटनामा संलग्नताको प्रमाण फेला नपरेपछि प्रहरीले आशंकाको भरमा पक्राउ गरेकाहरू छुट्दै आएका छन् । हालसम्म प्रहरीले निर्मला हत्या अनुसन्धान प्रकरणमा ८० जना बढीको डीएनए परीक्षण गरिसकेको छ । जसमा केही सेनाका जवानको पनि नमुना संकलन गरिएको छ ।

अनुसन्धानमा संग्लन अधिकारीहरुका अनुसार प्रहरी अझै शंकास्पद व्यक्तिहरुको डीएनएकै खोजीमा छ । केही शंकास्पदहरुको नमुना परीक्षणका लागि पठाइएको छ । अनुसन्धानको दायरामा सेनाका जवानदेखि नजिकका आफन्त, अपराधिक पृष्ठभूमिका व्यक्तिलगायतलाई राखिएको छ ।

यसअघि सुरुवाती समयको अनुसन्धानमा खटिएको अनुसन्धान टोली बर्खास्त र निलम्बनमा परेपछि गएका सबैजसो प्रहरी अधिकारीले दिलिप विष्टको संलग्नतालाई अस्वीकार गर्दै आएका छन् ।

निलम्बन र बर्खास्तीमा परेका प्रहरीले अदालतबाट सफाई भने पाइसकेका छन् । केही समयअघि प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसँग छलफल गरेको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतकै मत भने आपसमै बाझिँदै आएको छ ।

तर हालसम्म खटिएका सबै अनुसन्धान टोलीले घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकाले पनि हत्यामा कसको संलग्नता थियो भन्ने ‘क्लु’ भेट्टाउन सकेका छैनन् ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपीको कमाण्डौमा टोली कार्यरत छ । सुरुदेखि नै अनुसन्धानमा सीआईबीको टोली सक्रिय छ । हालसम्म एक हजारको हाराहारीमा शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्ने, कल डिटेल हेर्ने, डीएनए परीक्षण गर्नेलगायतका काम गरिएको प्रहरी अधिकारी बताउँछन् ।

अनुसन्धानकै क्रममा निर्मलाको गाउँ आसपासमा २ हजार बढी घरको लगत संकलन समेत गरिएको थियो ।

साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेशा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को–को गए लगायतका विवरण प्रहरीले संकलन गरेको थियो । बलात्कार तथा हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने दाबी प्रहरी अधिकारीहरु गर्दै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *