लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीको दोस्रो अधिवेशन सम्पन्न

ByLumbini Darpan Online

२६ चैत्र २०७७, बिहीबार १४:४० २६ चैत्र २०७७, बिहीबार १४:४० २६ चैत्र २०७७, बिहीबार १४:४०

हरि आचार्य, कपिलवस्तु
लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । महिलाहरु मात्र आवद्ध रहेको क्लवको दोस्रो अधिवेशन माछापुच्छ्रे होटलमा सम्पन्न भएको हो । अधिवेशनबाट सबिता सापकोटा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको प्रथम उपाध्यक्षमा अनिता जिसि, द्धितिय उपाध्यक्षमा पुर्णिमा बस्नेत, तृतीय उपाध्यक्षमा सीता देवी कंडेल, सचिवमा कविता पाण्डे, कोषाध्यक्ष भगवती देवी रेग्मी भुसाल, सह सचिवमा पुजा पौडेल र सह कोषाध्यक्षमा सीता भण्डारी घिमिरे चयन भएका छन् ।

आगामि दिनमा विभिन्न उदाहरणिय र सामाजिक कार्य गर्ने नयाँ कार्य समितिले प्रतिवद्धता व्यक्त गरेको छ । क्लवका अध्यक्ष लक्ष्मी गैरेको अध्यक्षता, लायन्स क्लवका जोन चेयर पर्सन कृष्ण केसीको प्रमुख आतिथ्यता, लायन्स क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेको विशिष्ट आतिथ्यता, धातानन्द भुसाल, राम सुभागे थारु र सागर घिमिरेको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *