डढेलो आएन नियन्त्रणमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौं चैत्र २७
चोभारको आदिनाथ मन्दिर रहेको जंगल क्षेत्रमा विगत केही दिनयता डढेलो लाग्ने क्रम बढ्दो छ। देशभर ४०० भन्दा बढी क्षेत्रमा डढेलो लागेर वायु प्रदूषण बढेको बेला चोभारको जंगलमा पनि डढेलो लागेको हो। स्थानीय, प्रहरी र सेनाले मिलेर डढेलो नियन्त्रणको प्रयास गरेका थिए। आगो निभाउन दमकल समेत ल्याइएको थियो। त्यसपछि केही समय आगो नियन्त्रणमा आएपनि फेरि डढेलो लागेको स्थानीयले जानकारी दिए।

डढेलो के कारणले लाग्यो भन्ने अझै पनि खुलेको छैन। लगातार डढेलो लाग्नुको पछाडी केही व्यक्तिहरुको संलग्नता हुन सक्ने अनुमान गरिएको छ। उपत्यका बाहिर भने हरियो घाँसको लोभमा केही स्थानमा मानिस आफैले जंगलमा आगो लगाउने गरेको पनि जानकारीमा छ।


प्रकाशित : २०७७ चैत्र २७, शुक्रबार ०८:२६