पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्तिपछि राष्ट्रपतिबाट सपथ लिृने कार्यक्रम,

ByLumbini Darpan Online

२७ चैत्र २०७७, शुक्रबार ०८:४७ २७ चैत्र २०७७, शुक्रबार ०८:४७ २७ चैत्र २०७७, शुक्रबार ०८:४७

 

काठमाडौं चैत्र २७
दल त्याग गर्दा सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका कैलाली(४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट(३ का प्रभु साह र कैलाली(३ का गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि उनीहरुले सपथ लिने भएका हुन । राष्ट्रपति विद्याभण्डारीले पुनर्नियुक्त मन्त्रीहरुलाई आजै साँझ शपथग्रहण गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

उनीहरुले पहिलेकै मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। जसअनुसार लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई,प्रभु साह सहरी विकास र गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको पुनर्नियुक्ति पाउने भएका हुन्।

माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका चारैजना मन्त्री हुन्। नेकपा माओवादी केन्द्रले चारैजनालाई दलबाट निश्कासनको कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद् बैठकमा सार्वजनिक गरेपछि उनीहरुको सांसद पद खारेज भएको थियो।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *