केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउनेछौँ : प्रचण्ड

ByLumbini Darpan Online

२८ चैत्र २०७७, शनिबार ११:३१ २८ चैत्र २०७७, शनिबार ११:३१ २८ चैत्र २०७७, शनिबार ११:३१

लुदअ चैत २८, काठमाण्डौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाण्डौमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताउनु भएको हो । अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको पनि उहाँले बताउनुभयो ।

जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने उहाँको भनाइ छ । यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि प्रचण्डले गर्नुभयो ।

‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । जसपासँग मोर्चा, अर्को पक्षसँग मोर्चा र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छु उहाँले भन्नुभयो , ुमोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हानकर्ता पनि हामी नै भइयो र मूलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौँ भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *