ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

ByLumbini Darpan Online

२८ चैत्र २०७७, शनिबार ११:३३ २८ चैत्र २०७७, शनिबार ११:३३ २८ चैत्र २०७७, शनिबार ११:३३

लुदअ चैत २८, महोत्तरी
महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार औरही नगरपालिका १ मा ‘अनटेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा त्यही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडीको ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै खेतबाट काटेर राखेको गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका विजयको उपचारको लागि बर्दिबासमा रहेको शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने शवलाई पोस्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *