रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट एकको मृत्यु एक घाइते

ByLumbini Darpan Online

२९ चैत्र २०७७, आईतवार ०९:०० २९ चैत्र २०७७, आईतवार ०९:०० २९ चैत्र २०७७, आईतवार ०९:००

 

बुटवल चैत्र २९
रुपन्देहीको सैनामैना नगरपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी अर्का एकजना दघाइते भएका छन । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइलकलाई आइतबार बिहान ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलका चालक प्यूठान जिल्लाको झिम्रुक गाउँपालिका–१ सौतामारेका २१ वर्षका सञ्जय खनालको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले बताएको छ । दुर्घटनामा परी गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हा ।
त्यस्तै मोटरसाइकलको पछाडी सवार प्यूठानको झम्मरुक गाउँपालिका–२ का फिरज क्षेत्री घाइते भएको प्रहरीले जानकारी दिएको छ ।घाइते क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *