
आज थपिए ३ सय ६७ जना कोरोनाका विरामी
काठमाडौं, चैत २९
आज एकैदिन ३ सय ६७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा आज देशभर ३ सय ६७ जना नयाँ बिरामी थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज १ सय ४१ जना संक्रमित कोरोना संक्रमणमक्त भएर घर फर्किएका छन । आज कोराना संक्रमणबाट १ जना जनाको ज्यान गएको छ। अब नेपालमा २ हजार ९ सय ६१ जना कोरोनाका सक्रिय बिरामी रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।