कोरोनाबाट कैलालीमा एक जनाको ज्यान गयो

ByLumbini Darpan Online

३० चैत्र २०७७, सोमबार १०:५२ ३० चैत्र २०७७, सोमबार १०:५२ ३० चैत्र २०७७, सोमबार १०:५२

 

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज ज्यान गएको छ ।जटिल खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल गएका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमण देखिएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । गएको फागुनमा उनी भारतबाट घर फर्किएको जनाइएको छ । सेती प्रादेशिक अस्पतालमा संक्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ ।

ुसंक्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसीयूमा उपचार भइरहेको छ,ु सूचना अधिकारी श्रेष्ठले भने, ु १० फागुनयता कोरोनाका कारण हुने मृत्यु दर अस्पतालमा शून्य रहेकामा आज ५० दिनपछि एक जना संक्रमितको मृत्यु भएको हो ।’

पछिल्ला हप्तामा भारतमा यो रोगको संक्रमण र मृत्युदर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ ।

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक जना संक्रमितको पनि केही दिनअघि मृत्यु भएको थियो । रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठलेजानकारी दिए।

मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । पछिल्ला दिनमा प्रदेशमा यो रोगको संक्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकका अनुसार पछिल्लो तीन हप्तामा १२७ जना कोरोनाका बिरामी थपिएका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *