आज एकैदिन ५ सय बढी थपिए कोरोनाका बिरामी ,१३ जनाको ज्यान गयो

ByLumbini Darpan Online

३० चैत्र २०७७, सोमबार ११:५७ ३० चैत्र २०७७, सोमबार ११:५७ ३० चैत्र २०७७, सोमबार ११:५७

 

काठमाडौं, चैत ३०
आज ५ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् बितेको २४ घण्टामा ५ हजार १ सय ५ जनाको आरटिपिसिआर परिक्षण गरिएकोमा ५५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।। नयाँ वर्ष सुरु हुनै लाग्दा कोरोना संक्रमित झन झन धेरै संख्यामा कोरोना बिरामी थपिदै जादा अवस्था झन झन भयावह भक्ष्रहेको छ पछिल्लो समय दिनहु दुईरतीन सय संक्रमित भेटिने गरेकोमा आज ह्वात्तै बढेर संक्रमितको संख्या पाच सय नागेको हो ।

त्यस्तै आज १३८ जना कोरोनाका बिरामी कोरोना मुुक्त भएर घर फर्किएका छन । योसगैँ नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ । मन्त्रालयका अनुसार अब नेपालमा संक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ । संक्रिय संक्रमितको संख्या घट्दै गएकोमा पछिल्लो दिनमा भने बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको र बाकी ५ जनाको अघिल्लो दिन नै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *