ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विदेशबाट फर्किने सीधै पुग्छन् घर, १० दिने क्वारेन्टिन ‘रिङटोन’ मा मात्र सिमित

लुम्बिनी दर्पण २०७७ चैत्र ३१, मंगलवार १६:४८

 

काठमाडौं, चैत ३१

विश्वमा कोभिड–१९ को संक्रमण बढ्दै गइरहेकोले नेपालमा पनि बढ्न सक्ने कुरालाई ध्यानमा राखी बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिसँग कम्तीमा दुई मिटरको दुरी अनिवार्य कायम गरौँ। खोप लगाएका र नलगाएका सबैले अनिवार्य मास्क लगाऊँ। मानिसको भिडभाड हुने गरी कार्यक्रम सञ्चालन नगरौँ र नगराऊँ। विदेशबाट आउनेहरु कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिनमा बसौँ।

केही दिनयता हरेक फोन कलमा यो रिङटोन बज्ने गर्छ। नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप कडाइ गर्ने निर्णय गरेको छ तर व्यवहारमा भने कार्यान्वयन भएको छैन।

सरकारका नियम निर्देशिकामा कडाइ गर्ने भनिए पनि कार्यान्वयन भने एकदमै फितलो देखिएको छ। सरकारले रिङटोन सन्देशमा विदेशबाट फर्किनेहरु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने भने पनि त्यो लागू गरिएको छैन।

महामारीको दोस्रो लहरका संकेत देखिएको भन्दै सरकारले केही दिनयता दैनिकजसो सावधानीका लागि सूचना जारी गरिरहेको छ ।सर्वसाधारणका लागि विभिन्न सूचना र निर्देशन जारी गरे पनि त्यसको कार्यान्वयन भने शून्य छ। संक्रमण फैलिन नदिनसबैभन्दा बढी सावधानी अपनाउनु पर्ने स्थान हो– विमानस्थल र सीमा नाका। तर विदेशबाट फर्किनेहरु बिना जाँच घरतिर लाग्छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विदेशबाट नेपाल आउनेहरु तीन दिनभित्रको पीसीआर रिपोर्ट भए सीधै घर जानसक्ने नभए आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नु पर्ने बताए।तर, विमानस्थलमा यसको निगरानी छैन। विमानस्थल सुरक्षा श्रोत भन्छ, ‘बेलायत बाहेकका देशबाट आएकाहरु सीधै घर पुग्छन्।’

बेलायतबाट आउनेहरुको हकमा भने कडाइ गरिएको छ। त्यहाँबाट आउने यात्रुले अनिवार्य होटल क्वारेन्टिनमा बस्नु पर्ने र पीसीआरको रिपोर्टपछि मात्रै घर जान सक्ने स्थिति छ। अन्यलाई विमानस्थलमा परीक्षणबिनै घर पठाउने गरिएको छ।

अघिल्लो पटक विदेशबाट आउने सबै यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य गरिएको थियो।दोस्रो खोप पनि होटल क्वारेन्टिनमा बस्नु पर्ने प्रवक्ता गौतम बताउँछन्।

पर्यटन मन्त्रालयका अनुसार बोर्डिङ हुनुभन्दा ७२ घण्टापहिले दिएको स्वाबको पीसीआर रिपोर्ट देखाएपछि उनीहरुलाई घर पठाइएको छ। यसअघि भने पीसीआर गरेर नेपाल आएपछि पनि अनिवार्य ५ दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था कार्यन्वयनमा थियो। होटलमै रहँदा स्वाब संकलन गरेर पीसीआर गरेर नेगेटिभ रिपोर्ट आए मात्रै उनीहरु घर जान पाउँथे।

विदेशी पर्यटकको हकमा भने नेपाल आएपछि पनि पीसीआरको रिपोर्ट नआउन्जेल होटल क्वारेन्टिनमै बस्नु पर्ने व्यवस्था छ। कोरोना संक्रमण देखिए संक्रमणमुक्त नभएसम्म होटल क्वारेन्टिनमै बस्नुपर्नेछ। नतिजा आइसकेपछि भने पर्यटक नेपाल घुम्न पाउनेछन्।

पहिलेकै निर्देशनहरु कार्यान्वयन नभइरहेको बेला सरकारले थप कडाइ गर्ने निर्देशिका जारी गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। स्रोत नेपाल खबर


प्रकाशित : २०७७ चैत्र ३१, मंगलवार १६:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech