
काठमाडौं, चैत ३१
नेपालमा २०७७ सालको अन्तिम दिन आज एकैदिन ५१७ जना कोरोनाका बिरामी थपिएका छन । पछिल्लो बितेको २४ घण्टामा ५ हजार १०३ जनामा आरटिपिसिआर र एन्टिजेन विधिद्वारा परिक्षण गर्दा ५१७ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै आज १५३ जना कोरोना संक्रमण मुक्त भएका छन । अब नेपालमा कोरोना संक्रमणबाट निको हुन बाकी संक्रमितको संख्या ३ हजार ६०८ रहेको छ । आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमण मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।