
पोखरा वैशाख २
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका २८ जना सांसदले प्रदेश सभाको सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका सांसद दिपक कोइरालाले जानकारी दिए । सांसदले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने सहमति छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
उनका अनुसार नेपाली कांग्रेसको प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको छ।कोइरालाका अनुसार प्रदेश सभाको अधिवेशन आह्वान गर्न माग गर्दै आजै सांसदहरुले समावेदन बुझाउने तयारी पनि गरिएको छ।प्रदेश सभाको नियमावलिअनुसार सभाका २५ प्रतिशत सांसदले प्रदेश प्रमुखलाई समावेदन गरेपछि अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।