
काठमाडौँ, बैशाख २
नेपालमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ । मुलुकमै पहिलो पटक कोरोनाको डबल म्युटेन्ट भेरएन्ट भेटिएको हो । ललितपुरबाट संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका निर्देशक डा। कृष्णप्रसाद पौडेलले जानकार िदिए ।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ भेरिएन्टको अवस्थाका बारेमा जानकारी दिँदै निर्देशक पौडेलले भन्नुभयो, ‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरियन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ । पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ ।’
एउटै भाइरस परिवर्तन भएर दुई प्रकारको स्वरूप देखिनुलाई डबल म्युटेन्ट भेरिएन्ट भएको भनिन्छ ।तीव्र गतिले फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिको जोखिममा पछिल्लो समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए । तिनै बालबालिकाबाट अभिभावक र समुदायमा संक्रमण सार्न सक्ने जोखिम पनि देखिएको छ ।
निर्देशक पौडेलका अनुसार एसजिन नेगेटिभ र एसजिन पोजिटिभ भएका ५ वटा नमुनाको जिनोम सिक्वेन्सिङका लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त प्रयोगशालमा पठाइएको छ। तीमध्ये २१ देखि ५९ वर्ष उमेर समूहका ९ जनामा यूके भेरिएन्ट (बी।१।१।७०) देखिएको पौडेलले बताए । ती ९ जनामध्ये कास्कीका २ जना, काठमाडौंका ४ जना, भक्तपुरमा २ जना र नुवाकोटका १ जना छन् । त्यस्तै दार्चुलाबाट संकलन गरिएको एउटा नमुनामा भने ‘भेरिएन्ट अफ नन कन्सर्न’ देखिएको उनले बताए । स्रोत कान्तिपुर