ओलीले कुर्सी मोह त्यागे वाम गठबन्धनको सरकार बन्‍न सक्ने नेता भुसालको दाबी

[sharethis-inline-buttons]

 

बुटवल वैशाख २
नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी मोह त्यागे अझै पनि वाम गठबन्धनको सरकार बन्न सक्ने बताएका छन । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले ओलीले वाम गठबन्धनको सरकार बनाउनु सट्टा महन्थ ठाकुरलाई गुहार्न गएको बताएका हुन ।
‘हामी वाम गठबन्धनकै सरकारको पक्षमा छौं । तर, ओलीजीले आफ्नै पार्टी बन्धक बनाएर विभाजनको बाटोमा लग्नु भयो । वाम गठबन्धनलाई बाटो खोलीदिने सट्टा महन्थ ठाकुरजीहरुलाई गुहार्न जानुभएको छ । ओलीजी वाम गठबन्धनकै विरोधी हो,’ उनले भने ।तर, ओलीको अहंकार र सत्तामोह हटाएर पाटी एकढिक्का पार्ने बताएका छन् । चुनावअघि नै पाटीभित्रको विवाद टुंगाएर पार्टी एकीकृत गर्ने उनको दाबी छ ।

‘ओलीजीले अहंकार हटाउने हो भने पार्टीमा धेरै समस्या छैन । विवाद हुन्न,’ उनले भने, ‘तर, ओलीजीका अहंकारका अगाडि पार्टीको इतिहास, गौरव, इज्जत र प्रतिष्ठा आत्मसर्मपण हुन दिँदैनौं । पार्टीभित्रै अन्तरसंघर्ष गर्छौं ।’ उनले भने ।

नेता भुसालले पार्टी विभाजन रोकेर एकता प्रयत्नका लागि नै आफू सबैभन्दा धेरै लागेको बताए । ‘व्यक्तिगत हिसाबले निरन्तर छलफल गरिरहेको छु । अब पनि ओलीजीको अहंकार नसच्चिने हो भने पार्टीमात्र होइन, देश नै खतरामा पर्छ,’ उनले भने । अब पनि ओली नसच्चिए त्यसको परिणाम आफैले भोग्ने भुसालको भनाइ छ ।

ओलीले समानान्तर कमिटी बनाए पनि आफूहरु एकताकै पक्षमा भएको हुँदा २०७५ सालकै जिल्ला कमिटी पुनर्गठन गरेको भुसालले बताए । ‘करिब(करिब ७० जिल्लामा पार्टी पुनर्गठन गर्यौं । अब बाँकी जिल्लामा पनि २ हप्ताभित्र जिल्ला कमिटी पुनर्गठन हुनेछन्,’ उनले भने ।नेता भुसालले ओलीले लोकतन्त्रको लक्ष्मणरेखा भत्काउँदै गएको र सीताहरणको सुरुवात गरिरहेको बताए । यसका विरुद्ध जनताले सचेत हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित : २०७८ बैशाख २, बिहीबार १०:२०