
काठमाडौं, बैशाख २
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट प्रभावित विभिन्न १४ जिल्लामा शैक्षिक संस्था लगायत बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ।बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न अपिल गरेको हो।
‘बढी प्रभावित जिल्लाहरुमा विद्यालयसमेत बन्द गर्नआग्रह गरीएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेखित जिल्लाहरुमा ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको बताएको छ।
‘विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि मात्रै सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदी स्थलहरुमा सहभागी नभइदिनहुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिन हुन’ सूचनामा जानकारी गराइएको छ ।