आज ५३४ जना थपिए कोरोनाका बिरामी, १५७ भए कोरोना मुक्त

ByLumbini Darpan Online

२ बैशाख २०७८, बिहीबार ११:४९ २ बैशाख २०७८, बिहीबार ११:४९ २ बैशाख २०७८, बिहीबार ११:४९

 

काठमाडौं, बैशाख २
नेपालमा आज ५३४ जना कोरोना भाइरसका किरामी थपिएका छन । पछिल्लो २४ घण्टामा तीन हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, ५६४ वटा एन्टिजिन परीक्षणमा ४४ जना सङ्क्रमितको पनि पहिचान गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १५७ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ६०४ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणलबाट ५ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ६६ जनाको ज्यान गइसकेको छ ।पछिल्लो समय चार हजार ३ सय ८४ जना आइसोलेशनमा र ६० जना क्वारेन्टिनमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *