लुम्विनी प्रदेशका ३ जिल्ला सहित १४ जिल्लाका विद्यालय बन्द गर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रदेश व्यूरो,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागि नहुन अपिल गरेको छ।

मन्त्रालयले आज सूचना जारी गर्दै बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल आदि स्थलहरुमा सहभागि नहुन अपिल गरेको हो।

मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग∙ रहेका छन् ।


प्रकाशित : २०७८ बैशाख २, बिहीबार ११:५८