
काठमाडौं, बैशाख ३
आज काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेको मौसमविदले बताएका छन । देशभर नै ठुलो हावाहुरीको सम्भावना रहेकोले सबैलाई सतर्क रहन मौसमविद्ले आग्रह पनि गरेका छन्।मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आज शुक्रबार र भोलि शनिबार दुई दिन हिजोको जस्तै अझ देशैभर हावाहुरीको सम्भावना भएको जानकारी दिइन ।
उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। तराई क्षेत्र र कर्णाली प्रदेशमा पनि हावाहुरी त आएको थियो तर थोरै समयका लागि मात्र। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनले जानकारी दिइन।
‘ आजअपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने होसियार रहनुहोला,’ उनले भनिन्।वरिष्ठ मौसमविद् मानन्धरका अनुसार हिजो दिउँसो ३ र ४ बजे सुरु भएको हावाहुरी राति १० बजेबाट मात्र रोकीएको थियो
‘आज पनि लगभग त्यही समयमा हावाहुरी र चट्याङको सम्भावना देखिन्छ,’ उनले भनिन्। तर सम्भावना भने अपराह्नपछि नै देखिएको उनले जानकारी दिइन। उनका अनुसार अपराह्न भन्नाले कार्यालय समय हो।अहिले प्रि–मनसुन सिजन भएकाले हावाहुरीरचट्याङ यसैगरी अचानक हुने उनले जानकारी दिइन ।
हिजो हावाहुरी अएको भए पनि ठूलो वर्षा कतै नभएको उनले बताइन्। जसले गर्दा देशका विभिन्न स्थानमा लागेको डढेलो निभ्नेगरी पानी नपरेसम्म वायु प्रदूषण घट्ने सम्भावना भने नदेखिएको वरिष्ठ मौसमविद् मानन्धरले बताइन।अरू दुई दिन देशभर ठूलो हावाहुरी, मेघगर्जनको सम्भावना देखिए पनि हल्काबाहेक ठूलो वर्षाको सम्भावना भने नदेखिएको उनले बताइन्।