
नयाँ दिल्ली वैशाख ३
भारतमा कोरोना संक्रमण दिनहु तिव्र गतिमा बढिरहेको छ । वितेको २४ घण्टामा २ लाख १७ जना कोरोनाका नया संक्रमित थपिएका छन । आज थपिएको यो संख्यासँगै भारतमा हालसम्म १ करोड ४० लाख ७४ हजार बढी संख्यामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।संक्रमितमध्ये १ करोड २४ लाख २९ हजार कोरोना संक्रमणबाट मुक्त भइसकेका छन ।
पछिल्लो २४ घण्टामा१ हजार १८५ जना संक्रमितको ज्यान गएको छ यो,सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेकोभारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या उच्च दरमा बढेसगँगै अस्पतालहरूमा बेड, अक्सिजन तथा औषधीको पनि अभाव भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।

