
काठमाडौ,३ बैशाख
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा संचालन गर्न , शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न निर्देशन दिएको छ। जनस्वास्थ्य सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट तय गरिएका थप मापदण्डको पनि पालन गर्नु गराउनु हुन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, सावुन पानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन समेत मन्त्रालयले निर्देशन दिएको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी संचालन गर्न सकिने जानकारी दिएका हुन।बैठकले कोरोनाबाट धेरै प्रभावित भएका जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार समेत दिएको छ।मन्त्री श्रेष्ठले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ जिल्ला र शहरमा विद्यालय बन्द गर्दा देशैभर विद्यालय बन्द गर्ने निर्णय डिसिसिएमले गर्न सक्ने जनाएका हुन्।