बैशाख ३ अर्घाखाँची ।
बिष्णु कुमार आले
अर्घाखाँचीको शितगंगा ५ को पधेरापारी राष्ट्रिय वनमा अहिले भिषण आगोलागी भैरहेको छ । आगोलागीबाट जुकेनाको पोख्री गाउँ जोखिममा परेको छ । दिउँसो कालीमाटी ,सितापुर जाने सडकको किनारबाट सल्केको आगोले उग्ररूप लिएपछि अहिले आगो नियन्त्रण बाहिर गएको स्थानियले बताएका छन् । अहिले आगोलाई नियन्त्रण गरि गाउँ पस्न नदिन स्थानियले प्रयास गरिरहेता पनि नियन्त्रण हुन नसकेको स्थानिय बासिन्दाको भनाई छ । आगोबाट कालीमाटी गाउँ मध्यम जोखिम र पोख्री गाउँ उच्घ जोखिममा परेको छ ।
प्रकाशित : २०७८ बैशाख ३, शुक्रबार १३:५०