सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लगाए सभामुखले काम गर्न नदिएको आरोप

ByLumbini Darpan Online

४ बैशाख २०७८, शनिबार ०७:४६ ४ बैशाख २०७८, शनिबार ०७:४६ ४ बैशाख २०७८, शनिबार ०७:४६

 

काठमाडौं बैशाख ४
प्रधानमन्त्री केपीले आहवान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखले काम गर्न नदिएको आरोप लगाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सभामुख अग्निप्रसाद सापकोटाले काम गर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी छन् ।

सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले बताए ।“बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्ने शब्द प्रयोग गरे” नेता लोहनीले भने, “कोरोना नियन्त्रणका विषयमा हामीले ६र ७ बुँदामा सुझाव दियौं ।”

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *