
बुटवल, बैसाख ६
लुम्बिनी प्रदेशका २ जना मन्त्रीले राजिनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बरालले राजिनामा दिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।
आफै सहभागी लुम्बिनी प्रदेश सरकार बिरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माओवादीबाट सहभागी २ जना मन्त्रीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई राजिनामा बुझाएका हुन । राजिनामा दिएका कुल प्रसाद केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेर माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।