लुम्विनी प्रदेशमा जसपाका ४ सांसद मन्त्री बन्दै , सपथ ग्रहणको तयारी

ByLumbini Darpan Online

६ बैशाख २०७८, सोमबार १०:२८ ६ बैशाख २०७८, सोमबार १०:२८ ६ बैशाख २०७८, सोमबार १०:२८

 

बुटवल बैसाख ६
लुम्बिनी प्रदेश सरकारमा चार जना जनता समाजपादी पार्टीका सांसद मन्त्री बन्ने भएका छन । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।
माओवादी केन्द्रबाट सहभागी दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।विश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका साम्सदहरु बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।
लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *