अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री बनाए मुख्यमन्त्री पोखरेलले

[sharethis-inline-buttons]

लुदअ ६ वैशाख, काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेका एक गरी जसपाका चार प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका हुन् । उनीहरुले सोमबार नै सपथ लिएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा पाण्डे, यादव र रायमाझीको पनि हस्ताक्षर थियो ।


प्रकाशित : २०७८ बैशाख ६, सोमबार ११:५४