ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भौतिक दुरी कायम गर्दै आज रामनवमी पर्व मनाइदैँ

लुम्बिनी दर्पण २०७८ बैशाख ८, बुधबार ०६:२५
[sharethis-inline-buttons]

रासस काठमाडौँ बैशाख ८

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन्।

जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो। त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको बताउँछन्। यसैले आदर्श राजाका रुपमा भगवान् श्रीरामको स्मरण गरिन्छ।

पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ। सृष्टिमा दर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका हुन्। रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले श्रीरामनवमी पर्व मनाउने गरिएको उनले सुनाए।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ। आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा श्रीरामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको श्रीराममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको श्रीराम मन्दिरलगायत देशभर विभिन्न स्थानका मन्दिरमा आज भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्डबमोजिम मेला लाग्छ। ती मन्दिरमा श्रीरामनवमीका अवसरमा विशेष पूजा पनि गरिन्छ।


प्रकाशित : २०७८ बैशाख ८, बुधबार ०६:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत
  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार
  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना
  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान
  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड
प्रतिक्रिया

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

बाढी महाशाखाले भन्यो; बाँके र दाङमा सतर्कता अपनाउनू

पाल्पामा हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech