महेन्द्रनगर, बैशाख ८
कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सेवा बन्द गरिएको छ । कार्यालयका अन्य कर्मचारीको स्वास्थ्य परिक्षण गनुपर्ने र कार्यालय निर्मलीकरण गनुपर्ने भएकाले वैशाख १० गतेसम्म सेवा बन्द गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टलेजानकारी दिए) ।अन्य कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिँदै छ ,उनले भने, १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छौं। पछिल्लो केही दिनयता कञ्चनपुरमा कोरोना संक्रमण तीब्र बढिरहेको छ ।


















