
बुटवल ,बैशाख ८
जनता सामाजवादी पार्टी जसपा लुम्बिनी प्रदेशले विशेष अधिवेशनको माग गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएका जसपाका सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव बारे सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भए पनि विशेष अधिवेशन माग नगरिएको सो पार्टीले जनाएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरी विशेष अधिवेशनको माग गरिएकोमा जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसदहरु सन्तोष पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको हस्तारक्षर रहेको विभिन्न सञ्चार माध्यममा आएको तर हामी सरकारमा सहभागीले मध्ये विशेष अधिवेशनको माग नगरिएको जानकारी गराएका छन ।

