खोटाङमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयो

ByLumbini Darpan Online

९ बैशाख २०७८, बिहीबार १४:३८ ९ बैशाख २०७८, बिहीबार १४:३८ ९ बैशाख २०७८, बिहीबार १४:३८

लुदअ बैशाख ९, खोटाङ
चट्याङ्ग लाग्दा खोटाङमा एक जनाको ज्यान गएको छ ।

चट्याङ्ग लागेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको ज्यान गएको हो ।

छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा राईलाई चट्याङ्ग लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । राईको घटनास्थलमै ज्यान गएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *