
लुदअ बैशाख ९, काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोरोना सङ्क्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।
मन्त्रालयले कोरोनाको युके भेरियन्टको सङ्क्रमण दर उच्च भएकाले अबको तीन महिनामा सङ्क्रमण दर उच्च हुने देखिएको बताएको हो ।
आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ३ लाख सङ्क्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष ९आईसीयू० आवश्यक पर्ने अनुमान गरिएको बताउनुभयो । त्यसैअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताउनुभयो ।
सचिव अर्यालले पछिल्लो केहीदिन काठमाण्डौका अस्पतालमा आएका कोरोना सङ्क्रमित बिरामीहरुको अवस्था छिटो गम्भीर अवस्थामा पुग्ने देखिएको बताउनुभयो । सचिव अर्यालले कुल जनसङ्ख्याको ७६ प्रतिशतमा कोरोना विरुद्धको खोप लगाउने योजना बनाएको पनि बताउनुभयो ।
मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै ८ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै, आउँदो आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताउनुभयो ।