लुदअ ,कावासोती, बैशाख १०
पुर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकाको वडा नं ६ को बर भञ्ज्याङमा जिप दुर्घटना भएको छ । दर्घटना हुदा १ जनाको ज्यान गएको छ ।दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नं को जिप दुर्घटना हुँदा जीपमा सवार पाल्पा रामपुर घर भएका अजय बि क को मृत्यु भएको हो । दुर्घटनामा परेर ३ जना गम्भीर घाइते भएको। र घाईतेहरुको विवरण खुलिनसकेको बुलिङ्गटार प्रहरीले बताएको छ
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारको लागि कावासोतीतर्फ पठाईएको स्थानीयले जानकारी दिए । १६ जना यात्रु बोक्ने क्षमता भएको जीपले क्षमता भन्दा धेरै यात्रु बोकेर हिडेको हुँदा दुर्घटना भए स्थानीयले बताएका छन । दुर्घटनामा घाईते अन्यको सामान्य उपचार बुलिङ्गटारमै भईरहेको प्रहरीलेजानकारी दिएको छ ।


















