सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैलाई अनुमति

ByLumbini Darpan Online

१० बैशाख २०७८, शुक्रबार १४:०५ १० बैशाख २०७८, शुक्रबार १४:०५ १० बैशाख २०७८, शुक्रबार १४:०५

लुदअ बैशाख १०, काठमाण्डौ
कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।

सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाख भन्दा धेरै रोयल्टी संकलन गरेको छ । नेपालका अरु हिमाल आरोहणका लागि पनि उल्लेख्य आरोहीले अनुमति लिएका छन् । अहिलेसम्म १६ वटा हिमालका लागि ७९ समूहका ६ सय ८९ जनाले आरोहण अनुमति लिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *