काठमाडौं, बैशाख १२
पछिल्लो समयमा देशभरी नै कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । देशमा संक्रमितको संख्या बढेको भए पनि सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने जनाएको छ । नेकपा एमाले १० औं महाअधिवेशन आयोजक कमिटीको तेस्रो बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हटस्पटमा स्थानीय तहमा लकडाउन हुन सक्ने भए पनि अहिले देशव्यापी लकडाउनको कुनै सम्भावना नभएको बताए ।
बैठकले कोरोना सङ्क्रमितहरुलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्तासमेत रहनुभएका मन्त्री ज्ञावलीले बताए । जिल्ला जिल्लामा हेल्प डेस्क राख्ने, गाउँ गाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको कोभिड म्यानेजमेन्ट सेन्टरसँग मिलेर अभियान चलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको पनि उनले प्रष्ट पारे ।




















