आनन्दबन शंकरनगर खानेपानीद्धारा बायोटेक प्रविधीका सार्वजनिक शौचालय संचालनमा

[sharethis-inline-buttons]

१३ बैशाख, रुपन्देही
तिलोत्तमाको आनन्दबन शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सिक्सलेन सडकमा बायोटेक प्रविधीका आधुनिक सार्वजनिक शौचालय संचालनको शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले सार्वजनिक शौचालयको शुभारम्भ गर्नु भएको हो । भट्टराईले शौचालयको संचालनले सरकारले संचालन गरेको खुल्ला दिशामुक्त अभियान र खानेपानी तथा सरसफाईको अबधारणा अनुसार पूर्ण सरसफाई मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनुभयो । सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले शौचालय संचालन संगै अव सो क्षेत्रमा आवत–जावत गर्नेहरुलाई दिशा सहज हुने भएको बताउनुभयो । उहाँले शौचालयलाई नियमित रुपमा सरसफाई र मर्मत संभार तथा नियमित ब्यबस्थापन गरि २४ सै घण्टा खुल्ला राखी सेवा दिनुपर्ने जरुरी रहेकोले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नुभयो । आनन्दबन शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सडक किनारमा १० वटा शौचालय निर्माण गरेको छ । जस मध्ये आफ्नै कार्यालयमा एउटा, तिलोत्तमा नयामिल स्थित दुर्गा मन्दिरमा एउटा, तिलोत्तमा वार्ड नम्बर ६ को कार्यालय नजिक १ र अन्य सडकको छेउछाउमा ७ वटा गरि १० वटा स्मार्ट शौचालय निर्माण गरिएको सस्थाका अध्यक्ष केशवराज न्यौपानेले बताउनुभयो ।
करिब ५८ लाख को सह–लगानीमा निर्मित सो शौचालयमा बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने भएकोले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी भएको उहाको भनाइ छ । सो कार्यक्रममा रुपन्देही खानेपानी महासंघका अध्यक्ष धुर्व धिताल, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे, करहिया मक्रहर संयुक्त खानेपानी सस्थाका अध्यक्ष यज्ञ गैरे, नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे लगायतले बोल्दै खानेपानी सस्थाले सरसफाईलाई समेत अगाडी लैजान गरेको रचनात्मक र सामजिक कार्यले सबैलाई सहजता बनाएकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।


प्रकाशित : २०७८ बैशाख १३, सोमबार ११:३८