लुम्बिनीमा पार्टी निर्णय विपरीत मन्त्री बनेका जसपाका ४ सांसद पदमुक्त

[sharethis-inline-buttons]

बुटवल बैशाख १६, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका ४ सांसदलाई कारवाही गरेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ । प्रदेशसभा सचिवालयले कारवाहीको सूचना टाँस गरेपछि सांसदहरू पदमुक्त भएको मानिन्छ । पार्टीको निर्णय विपरीत मन्त्री बनेपछि पार्टीले चारै सांसदलाई कारवाही गरेको हो । सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना बिहीवार प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ । जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका बेला पार्टी निर्णय विपरीत चारै जना प्रदेश सरकारमा मन्त्री बनेका छन् ।


प्रकाशित : २०७८ बैशाख १६, बिहीबार १३:२५