पहाडी र तराईका केही ठाउँमा चट्याङसहित दुई दिनसम्म पानी पर्ने

ByLumbini Darpan Online

१६ बैशाख २०७८, बिहीबार १३:४४ १६ बैशाख २०७८, बिहीबार १३:४४ १६ बैशाख २०७८, बिहीबार १३:४४

देशका पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले राति पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको मौसमविद् मिन कुमार अर्यालले जानकारी दिए । उनका अनुसार शुक्रबार र शनिबार पनि स्थानीय र पश्चिमी वायुका कारण अपराह्नपछि मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । यसैबीच मौसमसम्बन्धी अध्ययन गर्ने एक अन्तर्राष्ट्रिय मञ्चले आगामी मनसुनमा नेपालमा अधिक बर्षा हुने प्रक्षेपण गरेको छ । साउथ एसियन क्लाइमेट आउटलुक फोरम(साफकोफ) ले पछिल्लो अन्तर्राष्ट्रिय बैठकमार्फत् आफ्नो १९ औं प्रतिवेदन सार्वजनिक गर्दै जुनदेखि सेप्टेम्बर(मध्य जेठ–मध्य भदौ) सम्म सक्रिय रहने मनसुनमा नेपालमा अधिक बर्षा हुने प्रक्षेपण गरेको हो । दक्षिण एसियाली देशहरुका मौसमविद् तथा विज्ञहरुको सहभागितामा एप्रिल २६ देखि २८ मा आयोजना गरिएको भर्चुअल बैठकबाट जारी प्रतिवेदनमा हिमालयन गिरीपाद (अधिक भूभाग नेपालको) लगायत दक्षिण एसियाको मध्य र पश्चिम क्षेत्रमा अधिक बर्षा हुने बताइएको छ । भारतका अधिकांश भूभाग, दक्षिणी महाद्विप, उत्तरी म्यानमार, श्रीलंका, भुटान र पाकिस्तानमा भने सामान्य बर्षा हुने प्रतिवेदनमा उल्लेख छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *