खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण देखियो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

 

 

काठमाडौं वैशाख ,१७ ,
खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण देखिएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण देखिएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।


प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार ०८:३२