
बुटवल, बैशाख १७
रूपन्देहीमा जारी निषेधाज्ञाको पालना नगर्दा तीन जना जेल चलान भएका छन्।जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा उल्लंघन गरेको र उल्टै प्रहरीसँग निहुँ खोजेको आरोपमा ३ जनालाई जेल पठाइएको हो।उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।निषेधाज्ञा उल्लंघन नगर्न सम्झाईबुझाई गर्दा उल्टै प्रहरीसँग झगडा गरेपछि बिहीबार ८ जनालाई नियन्त्रणमा लिएकोमा , ‘तीमध्ये ५ जनाले कैद र जरिवानाबापतको रकम तिरे, तर ३ जनाले तिर्न नसक्दा उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।पक्राउ परेका सबैलाई जनही ९ हजार १ सय रुपैयाँ जरिवाना तिर्न भनिएको थियो। पक्राउ गरिएका ८ जनामध्ये एक महिला थिइन्।
तर जिल्लाका सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव सोही गाउँपालिकाकै वडा नम्बर २ का ३४ वर्षीय महेन्द्र कोहारले जरिवाना तिर्न नसकेकाले उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीले एक महिनाका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।जरिवाना तिरेका उनीहरू जेलमुक्त हुन हुन सक्ने प्रहरीको भनाइ छ।