संक्रमणबाट नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ को मृत्यु

ByLumbini Darpan Online

१८ बैशाख २०७८, शनिबार ०९:४५ १८ बैशाख २०७८, शनिबार ०९:४५ १८ बैशाख २०७८, शनिबार ०९:४५

हरि शर्मा
परासी, १८ बैशाख ः
पश्चिम नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २÷२ जना छन् तथा सरावल गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए । उनीहरुमध्ये सुनवल नगरपालिका–६ का ८४ वर्षिय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिका–७ का ८५ वर्षिय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी रामग्राम नगरपालिकाका–६ का ४२ वर्षिय पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । शनिबार बिहान मात्र २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला छन् । उनको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिका–२ का ४५ वर्षिय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए । सामान्य अवस्थामा रहेका उनलाई शुक्रबार राति एक्कासी खोकी र सास फेर्न गाह्रो भएपछि शनिबार बिहान अस्पताल ल्याइएको थियो । गंभिर अवस्थामा रहेका उनलाई सामान्य अक्सिजन दिएर उपचार सुरु गरिएको थियो । अस्पतालमा सुविधायुक्त आइसोलेसन छैन् । उनलाई इर्मजेन्सीमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यसअघि कुनै दीर्घरोग नभएका उनको उपचार सुरु गरेको १ घण्टामै मृत्यु भएको अस्पतालले जनाएको छ ।
बैशाखको पहिलो सातादेखि शनिबारसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३ सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । छ । मृत्यु हुनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा मात्र ७ जना छन् । हालसम्म जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *